काठमाडौँ —विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम अर्धवार्षिक (पुस मसान्त) सम्ममा रु १९ अर्ब ५७ करोड २० लाख राजस्व सङ्कलन गरेको छ ।
सो अवधिमा कार्यालयले रु १९ अर्ब ५६ करोड ४६ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।
गत आर्थिक वर्षको सोही अवधिमा रु १३ अर्ब ८३ करोड ६२ लाख राजश्व सङ्कलन गरेको थियो ।
गएको वर्षको तुलनामा ४१.५४ प्रतिशत राजश्व सङ्कलन गर्न सफल भएको उक्त कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
चालु आवमा कार्यालयले वार्षिक रु ४ २ अर्ब ५३ करोड १९ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको कार्यालय प्रमुख मिमांश अधिकारीले जानकारी दिए ।
— कारोबार
FACEBOOK COMMENTS