काठमाडौं, मङ्सिर १३ – नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ तहको चिकित्सकहरुको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। परीक्षामा ७३ दशमलव ३ प्रतिशत उत्तीर्ण भएका छन्।
काउन्सिलले शुक्रबार र शनिबार पाँच चरणमा परीक्षा लिएको थियो। परीक्षामा ८३९ जना सहभागि भएका थिए। जसमा ६१५ जना उत्तीर्ण भएका छन्। कुल सहभागिमध्ये २२४ जना अनुतिर्ण, ४ जना अनुपस्थित र १ जनाको परीक्षा स्थगित गरिएको छ।
काउन्सिलले यसपटक कम्प्युटरमा आधारित परीक्षा लिएको थियो।
FACEBOOK COMMENTS