काठमाडौँ, १८ चैत – कतार विश्वकप २०२२ को छनौट चरण अन्तर्गत बुधबार राति भएको खेलमा स्पेन विजयी भएको छ । युरोपेली क्षेत्रको छनौट अन्तर्गत समूह बी मा रहेको स्पेनले घरेलु मैदानमा भएको खेलमा कोसोभोलाई ३–१ ले पराजित गरेको हो ।
स्पेनका लागि ३४ औँ मिनेटमा डानी ओल्मो, ३६ औँ मिनेटमा फेरान टोरेस र ७५ औँ मिनेटमा मोरेनोले गोल गरे । कोसोभोका लागि ७० औँ मिनेटमा हालिमीले एक गोल फर्काए ।
जितपछि तीन खेलबाट सात अंक बनाएको स्पेन समूहको शीर्ष स्थानमा छ । दुई खेलबाट ६ अंकसहित स्वीडेन दोस्रो स्थानमा छ ।
बुधबार राति नै भएको अर्को खेलमा ग्रिस र जर्जियाले १–१ को बराबरी खेलेर अंक बाँडेका छन् ।
FACEBOOK COMMENTS