काठमाडौं, १० मंसिर – विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या ६ करोड नाघेको छ । मृतकको संख्या १४ लाख नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ६ करोड एक लाख ५ हजार ७ सय ४० संक्रमित संख्या पुगेको छ । जसमध्ये १४ लाख १४ हजारको मृत्यु भएको छ । बितेको २४ घन्टामा १२ हजारको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विश्वभर कुल कोरोना संक्रमितको संख्या ५ करोड ९५ लाख १५ हजार पुगेको छ । जसमध्ये ४ करोड ११ लाख संक्रमणमुक्त भएका छन् ।
सबैभन्दा बढी अमेरिकामा एक करोड २९ लाख कोरोना संक्रमित भइसकेका छन् । जसमध्ये २ लाख ६५ हजारको मृत्यु भइसकेको छ । अमेरिकामा दैनिक २ लाखका दरले संक्रमित संख्या बढेको छ । मृतकको संख्या पनि दैनिक दुई हजार छ ।
भारतमा ९२ लाख संक्रमितमध्ये एक लाख ३४ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ६१ लाख संक्रमितमध्ये एक लाख ७० हजारको मृत्यु भएको छ । यूरोपका देशहरुले संक्रमित र मृतक संख्यामा अन्य देशहरुलाई धमाधम उछिन्न थालेका छन् । फ्रान्समा २१ लाख ४४ हजार संक्रमित संख्यामध्ये ४९ हजारको मृत्यु भइसकेको छ ।
रुसमा २१ लाख संक्रमितमध्ये ३७ हजारको मृत्यु भएको छ । स्पेनमा १६ लाख संक्रमितमध्ये ४३ हजारको मृत्यु भइसकेको छ । बेलायतमा १५ लाख कोरोना संक्रमितमध्ये ५५ हजारको मृत्यु भएको छ । इटालीमा १४ लाख संक्रमितमध्ये ५१ हजारको मृत्यु भएको छ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय ६१ पुगेको छ । अहिलेसम्म २ लाख २४ हजार ७८ जना संक्रमित भइसकेका छन् ।
FACEBOOK COMMENTS