काठमाडौं, भदौ ११ – पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ७१ हजार १ सय बढी संक्रमित थपिएका छन्। गत डिसेम्बरमा चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोनाले विश्वका शक्तिशाली देशहरुलाई सबैभन्दा बढी चपेटामा पारेको छ।
गत २४ घण्टामा मात्र भारतमा ७५ हजार ९ सय बढी कोरोनाका संक्रमित थपिएका छन्। वल्डोमिटरको तथ्याङ्क अनुसार हालसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३३ लाख ७ हजार ७ सय बढी रहेको छ। ६० हजार ६ सय बढीले कोरोनका कारण ज्यान गुमाएका छन्। गत २४ घण्टामा मात्र भारतमा १ हजार बढीले ज्यान गुमाएका छन्।
गत २४ घण्टामा भारतपछि ब्राजिलमा ४७ हजार ८ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। यो सँगै ब्राजिलमा कोरोना संक्रमित हुनेको संख्या ३७ लाख २२ हजार रहेको छ। कोरोनाका कारण हालसम्म १ लाख १७ हजार ७ सय बढीले ज्यान समेत गुमाएका छन् भने, गत २४ घण्टामा हजार बढीको कोरोनका कारण मृत्यु भएको छ।
यस्तै अमेरिकामा गत २४ घण्टामा ४३ हजार ९ सय बढी थप कोरोनाका संक्रमितहरु फेला परेका छन्। योसँगै कोरोना संक्रमित हुनेको संख्या ५९ लाख ९९ हजार ६ सय बढी रहेको छ। अमेरिकामा १ लाख ८३ हजार ६ सय बढीको कोरोनाका कारण ज्यान गएको छ। गत २४ घण्टामा मात्र १२ सय बढीले कोरोनाका कारण ज्यान गुमाएका छन्।
यस्तै गत २४ घण्टामा अमेरिकापछि अर्जेन्टिनामा १० हजार ५ सय बढी कोरोनाका संक्रमित थपिएका छन्, कोलोम्बियामा १० हजार १ सय बढी, पेरु, फ्रान्स र फिलिपिन्समा ५ हजार बढी कोरोनाका संक्रमितहरु थपिएका छन्।
मेक्सिको र रसियामा ४ हजार बढी, इराक र स्पेनमा ३ हजार बढी, साउथ अफ्रिका, बंगलादेश, इन्डोनेसिया र इरानमा २ हजार बढी कोरोनका संक्रमित थपिएको वल्र्डो मिटरले जनाएको छ।
FACEBOOK COMMENTS