काठमाडौँ, फागुन २५ –सन् २०२२ मा कतारमा हुन गएको विश्व कप फुटबल प्रतियोगिताका लागि आवश्यक पर्ने सुरक्षा गार्ड नेपालबाटै पठाउने विषयमा पहल भइरहेको बताइएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले आइतबार एक कार्यक्रममा सुरक्षा गार्डमा जीटुजी सम्झौता गरेर नेपाली श्रमिक कतार पठाउने विषयमा नेपालका लागि कतारका राजदूतसँग एक÷दुुई चरण छलफल भएको जानकारी दिए ।
कतार श्रमिक पठाउने पुरानो श्रम समझदारीलाई नै संशोधन गरेर सरकारी तवरबाटै श्रमिक पठाउने गरी अब छिट्टै विज्ञसहितको टोलीसँग छलफल गर्ने तयारी भएको पनि उनले बताए ।
FACEBOOK COMMENTS