काठमाडौं ,कार्तिक १२ – एक सय मिटर दौडका विश्व च्याम्पियन धावक क्रिस्चियन कोलम्यानमाथि प्रतिबन्ध लागेको छ । तीन पटक डोपिङ टेष्टमा असफल भएपछि उनीमाथि दुई वर्षको प्रतिबन्ध लागेको हो ।
२४ वर्षीय अमेरिकी धावकले अर्को वर्ष हुने टोकिया ओलम्पिक गुमाउनेछन् । उनले यसमा अपिल गर्ने बताइएको छ ।
कोलम्यान २०१९ को विश्व च्याम्पियनशिपका विजेता हुन् ।
FACEBOOK COMMENTS