काठमाण्डौँ — नेपालले पहिलोपटक विश्व बैंकसँग कार्बन व्यापार गर्ने तयारी गरेको छ।
वनलाई दिगो र वैज्ञानिक व्यवस्थापन र संरक्षण गर्ने प्रतिबद्धता जनाउँदै नेपालले आगामी ५ वर्षमा करिब पाँच अर्ब रुपैयाँ भित्र्याउने लक्ष्य लिएको हो।
नेपालले सन् २०२०मा विश्व बैंकसँग कार्वन व्यापार खरिद सम्झौताको अन्तिम तयारीमा पुगेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ।
सम्झौतामा नेपालले विश्व बैंकसँग पेस गरेको कार्बन उत्सर्जन न्यूनीकरण दस्तावेजलाई विश्व बैंकले सहमति समेत जनाएको मन्त्रालयको भनाइ छ।
काबर्न व्यापार सम्झौता गर्नु अघिको तयारी हाल भइरहेको पनि मन्त्रालयलेको भनाइ छ।

सम्झौता अघिको तयारीको लागि पनि विश्व बैंकले नेपाललाई ५ दशमलब २ मिलिएन डलर (करिब ५२ करोड रुपैयाँ ) सहयोग गरेको छ।

वन तथा वातावरण मन्त्रालयकी सहसचिव तथा केन्द्रकी प्रमुख राधा वाग्लले विश्व बैंकसँग कार्वन सम्झौता गरेपछि नेपालले १० वर्षमा ३४ दशमलव २ मिलिएन मेट्रिक टन (३ करोड ४२ लाख मेट्रिक टन) कार्वन उत्सर्जन कटौती गर्ने प्रतिबद्धता गर्ने भएको छ।

— नागरीक