संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले विदेशमा गरिने प्रवद्र्धनात्मक कार्यक्रम केही समय स्थगित गर्ने बताएका छन् ।
ताप्लेजुङमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले समय अनुकुल नहुँदासम्म विदेशमा हुने कार्यक्रम स्थगित गर्ने निर्णय भएको बताएका हुन्। ‘हामीले मन्त्रालयको तर्फबाट भनेका छौं, विदेशमा हुने नेपाल भ्रमण वर्षको कार्यक्रम केही समयका लागि स्थगित हुन्छ ’ भट्टराईले भने, ‘जुन दिन समय अनुकूल हुन्छ, यो सन्त्रासबाट दुनियाँले मुक्ति पाउँछ , त्यसपछि फेरि उच्च तयारीका साथ विदेशी बजारमा नेपालको प्रवद्र्धनात्मक कार्यक्रमलाई जोड्नेछौं, अगाडि बढाउने छौं।’ विश्व स्वास्थ्य संगठनले समेत चेतावनी दिएपछी मन्त्री भट्टराइ पछी हट्न वाध्य भएको हो ।
डडेलो लागेर समस्यामा परेको अस्ट्रेलियामा प्रचार गर्न पुगेका मन्त्री भट्टराई सन्सारका देशहरुले कोरना भाईरस रोकथाम गर्न विदेशि कडाई गरीरहेकोमा नेपाल कोरोना भाइरसमुक्त क्षेत्र रहेको सन्देश अन्तर्राष्ट्रय बजारमा प्रवद्र्धन गर्न सम्बन्धित पदाधिकारीलाई निर्देशन दिएका थिए। मन्त्री भट्टराईले नेपाल कोरोना भाइरसमुक्त क्षेत्र रहेको सन्देशमूलक श्रव्यदृश्य प्रचार सामग्री अंग्रेजी, चिनियाँ र हिन्दी भाषामा सम्प्रेषित गर्न लाखौ रुपैया समेत विनयोजन गरेका थिए । विश्वका ५० भन्दा बढी मुलुकमा कोरोना भाइरस संक्रमण फैलिइसकेको छ । विश्व स्वास्थ्य संगठनले कुनै पनि देशले कोरोना भित्रिन्न भनेर बसे गम्भीर गल्ती हुने चेतावनी दिएको छ ।