काठमाडौं, भदौ २७ – विषाक्त रसायन भेटिएपछि सरकारले पाँच उद्योगबाट उत्पादित स्यानिटाइजर बिक्रीमा रोक लगाएको छ ।
राष्ट्रिय औषधि प्रयोगशालाले गरेको परीक्षणबाट विषाक्त रसायन भेटिएपछि औषधि व्यवस्था विभागले उत्पादन र बिक्रीमा रोक लगाएको हो ।
भक्तपुरको नेपाल कायाकल्प उद्योग तथा काठमाडौंका हाइजिन सोप एन्ड केमिकल प्रालि, आधार केमिकल्स एन्ड फूड इन्डष्ट्रिज प्रालि, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्सका उत्पादन रोक्का गरेको हो।
प्रयोगशालाका अनुसार ती उत्पादन‘इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर (अल्कोहल बेस्ड) सम्बन्धी स्तर २०७६ मापदण्ड विपरित छन्।
FACEBOOK COMMENTS