काठमाडौं। अर्थमन्त्री डा। युवराज खतिवडाले लकडाउन लम्बिँदै जाँदा अर्थव्यवस्था झन् गहिरो संकटमा पर्ने भएपछि केही व्यवसाय र सीमित क्षेत्रहरुमा लकडाउन खुकुलो बनाउनुपर्ने बताएका छन्।
निजी क्षेत्रको संगठन नेपाल चेम्बर अफ कमर्शसँग आइतबारको भेटमा अर्थमन्त्री खतिवडाले विस्तारै व्यावसाय खोल्नुपर्ने धारणा राखेका हुन्।उनले पूर्वाधार निर्माण र कोरोना जोखिम कम भएका क्षेत्रमा लकडाउन खुकुलो बनाउने बताएका हुन्। विश्वका धनाढ्य देशको भन्दा नेपालले कोरोना संक्रमण फैलिन नदिन निक्कै राम्रो काम गरेको मन्त्री खतिवडाको दाबी छ।
हाम्रो राजस्वको स्रोत आयातमा निर्भर छन्। अहिले चार प्रतिशत आयात घटेकाले यसले राजस्व संकलनमा पनि असर गरेको छ, मन्त्री खतिवडाले भने, राजस्वको स्रोत घट्दै गएकाले अहिले सरकारी कोषको रकम चलाउन उपयुक्त हुँदैन।
लकडाउनले दुईवटा कुरा इ(कमर्श र इ(गभर्नेन्सलाई अघि बढाउन सहयोग गरेको मन्त्री खतिवडाको भनाइ छ । अहिले हामी अनलाईनबाटै सरकारी तथा अन्तर्राष्ट्रिय बैठक बसिरहेका छौं । विभिन्न व्यवसायीले अनलाईन व्यावसायहरु संचालन गरिसकेका छन्,उनले भने।
खतिवडाले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्। हामीले हाम्रा पार्टी प्यालेसहरुमा स्वदेशी उत्पादन नै प्रयोग गर्नसक्ने व्यवस्था मिलाउनु पर्छ । हाम्रो नीति आन्तरिक उत्पादनलाई बढी जोड दिने हुनुपर्छ,अर्थमन्त्री खतिवडाले भने, यसका लागि आयात घटाउने र कृषिमा टुटेको सम्बन्ध जोड्ने अवस्था आएको छ।
अहिले नेपालको आयातमा सबैभन्दा ठूलो रकम पेट्रोलियम पदार्थका लागि नै बाहिरिने गरेको छ। आयात घटाउने प्रसंगमा उनले सडकमा विद्युतीय सवारी र भान्सामा पनि विद्युतीय चुलोको प्रयोग बढाउने सरकारको रणनीति रहेको बताए। ग्रामिण विद्युतीकरण यसका लागि अत्यावश्यक रहेको उनको भनाइ छ। यस्तै, वैदेशिक रोजगारीबाट फर्किएका जनशक्तीलाई सीपअनुसारको रोजगारी प्रदान गर्ने सरकारको तयारी रहेको पनि अर्थमन्त्री उनले बताए।
FACEBOOK COMMENTS