काठमाडौं, बैशाख १७ – बिदामा आएका नेपाली कामदार लिएर अप्रिल ३० अर्थात बिहीबार दक्षिण कोरिया जाने भनिएको उडान स्थगित भएको छ ।
ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरियामा कार्यरत नेपली कामदार बिदामा घर आएका बेला लकडाउन घोषणा भए पछि उनीहरुलाई त्यता जान दिने निर्णय मन्त्रीपरिषदले गरेको थियो ।
कोरियाले पनि नेपाली कामदार लैजाने र १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने शर्तमा कामदार फर्काउने भएको हो ।
तर नेपालबाट फर्किने कामदारको चेकजाँच गर्नु पर्ने र त्यसको तयारीको लागि समय लाग्ने बताउँदै कोरियाले केही दिन पर्खिन भनेपछि उडान सरेको श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ ।
FACEBOOK COMMENTS