काठमाडौं, बैशाख ३० – मङ्गलबार एकै दिन पर्साको वीरगञ्जका ३९ जनामा कोरोना पोजेटिभ देखिएकामध्ये दुईजना पत्रकारह रहेका छन् ।
पर्सा जिल्लामा क्रियाशील ती पत्रकारले रिपोर्टिङका क्रममा शंका लागेर नमुना परीक्षण गराएका थिए । मङ्गलबार उनलाई कोभिड–१९ संक्रमण भएको पुष्टि भएको अस्पतालले जनाएको छ ।
वीरगञ्जबाट प्रसारित एक एफएममा कार्यरत पत्रकार र एक जना समाचार अनलाईन पोर्टलमा कार्यरत पत्रकार रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए ।
FACEBOOK COMMENTS