वीरगञ्ज उद्योग वाणिज्य सङ्घको थप समिति विस्तार
कर्पोरट खबर
12:15 pm, शुक्रबार, साउन १, २०७८
काठमाडौं ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घले थप समिति विस्तार भएको छ ।ग्रेटर वीरगञ्ज समितिको संयोजकमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष अशोककुमार टेमानीलाई मनोनयन गरेको छ ।समिति विस्तार कार्यक्रममा सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले सङ्घद्वारा अघि सारिएको ग्रेटर वीरगञ्ज अवधारणा वारे पूर्व अध्यक्ष टेमानी जानकार रहेकोले उक्त समितिको संयोजकमा उहाँको मनोनयनले अवधारणालाई पूरा गराउन सहज हुने बताउनुभयो ।
साथै ग्रेटर वीरगञ्ज समितिको संयोजकमा उहाँको मनोनयनले सङ्घको समग्र उद्देश्य पूरा गर्नमा सहजता आउने विश्वास लिएको बताउनुभयो ।ग्रेटर वीरगञ्ज समितिका संयोजक टेमानीले ग्रेटर वीरगञ्जको अवधारणालाई मूर्त रूप प्रदान गर्नको लागि स्थानीय तह, प्रदेश र केन्द्रीय तहमा समेत निरन्तर संवाद र सहकार्य हुँदै आएको बताउनुहुँदै ग्रेटर वीरगञ्जको अवधारणा आफनो अध्यक्षीय कार्यकालमा शुरूवात भएकोले यसलाई घनिभूत रूपले अघि बढाउने प्रतिबद्धता जाहेर गर्नुभयो । कार्यक्रममा सङ्घका उपाध्यक्ष श्री हरि गौतम र महासचिव मनोजकुमार दासको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS