काठमाडौं, साउन १९ – पर्सामा वीरगन्ज महानगरपालिकाका एक वडाध्यक्ष सहित ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महानगरपालिकाका मेयर र पर्साबाट प्रतिनिधित्व गर्ने सांसदलाईसमेत कोरोना संक्रमण पुष्टि भइसकेको छ । आइतबार नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको रिपोर्टमा महानगरपालिकाको वडानम्बर–१२ का वडा अध्यक्ष, नेपाल प्रहरीका २ जना, नेपाली सेनाका १ जना गरि ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालका मेडिकल सुपरिङटेन्डेन्ट डा। मदन उपाध्यायका अनुसार सक्रमित मध्ये ४ जना महिला रहेका छन । १५ बर्ष देखि ६४ बर्ष उमेर समुहका अधिकांश सक्रमित रहेको उनले बताए । रिपोर्टमा महानगरपालिकाको वडा नम्बर ११ श्रीपुरका २७ जना, वडा नम्बर १० घडिअर्वाका १ जना, वडा ४ बिर्ताका १ जना र वडा नम्बर १५ भिस्वाका १ जनामा कोरोना सक्रमणको पुष्टि भएको हो ।
जिल्ला प्रहरी कार्यालयका २ जना प्रहरी, नेपाली सेनाका १ जना, पर्साको सखुवाप्रसौनि र जिराभवानी गाउँपालिकाका १र१ जना रहेका छन् । त्यसैगरी कोरोना जितेर ७ जना कोडिभ अस्पतालबाट आजै डिस्चार्ज भइ घर फर्केका छन । विभिन्न समयमा सक्रमित भइ उपचाको लागि कोभिड अस्पताल गण्डकमा उपचारको लागि भर्ना भएका उनीहरु थिए ।
अस्पतालमा सफल उपचार पछि कोरोनासँग जीत हासिल गरेका ४ महिला सहित ७ जनालाई आज डिस्चार्ज भइ घर फर्केको अस्पतालका इन्चार्ज डा। निरज सिहले बताए । यसैबीच वीरगंज महानगरपालिका वडानम्बर–१६ गणेश टोल स्थित आफनै घरमा मृत फेला परेको वृद्धमा पनि कोरोना सक्रमणको पुष्टि भएको छ ।
बारा जिल्ला ब्रहमपुरी घर भई गणेश टोलमा घर बनाइ बस्दै आएका करिव ६० वर्षका विद्यासागर जयसवाल घरमा शनिवार मृत फेला परेका थिए । मृत फेला परेका जयसवालको स्थानीयको आग्रहमा आइतवार स्वाब संकलन गरी सव घरमै राखिएको थियो । आइतवार आएको रिपोर्टमा जयसवामा कोरोना पुष्टि भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुंवरले जानकारी दिए ।
मृतक जयसवालका सव दाहसंस्कारको लागि नेपाली सेनाले आइतवार साझ आफ्नो जिम्मामा लिएको प्रहरीले जनाएको छ । यो सगै पर्सामा कोरोना सक्रमणबाट मृत्यु हुनेको सख्या १६ पुगेको छ । अहिले पनि ४ जना संक्रमिटहरु गण्डक अस्पतालको आइसियुमा छन् । पर्सामा १०५ महिला सहित सक्रमितको सख्या ५३५ पगेको छ ।
FACEBOOK COMMENTS