काठमाण्डौँ — वीरगन्जबाट चालु आर्थिक वर्ष २०७५/७६ को साउनदेखि मंसिरसम्मको पाँच महिनामा ६६ अर्बभन्दा बढी राजस्व संकलन भएको छ।
ढुवानीमा भार सीमाको समस्या, खराब तथा अपर्याप्त सडकले ढुवानीमा कठिनाइ, सीमापारीको भारतीय नाकामा नेपाली आयातकर्ता र मालवाहक गाडीसँग अनावश्यक आर्थिक दोहन लगायत समस्याका बावजुद वीरगन्ज भन्सार लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफलभएको छ।
चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा वीरगन्ज भन्सारले ६६ अर्ब २९ करोड ६९ लाख ८७ हजार रुपैयाँ राजस्व उठाएको छ।
यो यस अवधिको लक्ष्य ६५ अर्ब २१ करोड दुई लाख २१ हजारभन्दा १।६७ प्रतिशतले बढी राजस्व संकलन हो ।
गत वर्षको यसै अवधिको तुलनामा भने यसपालि २२.९२ प्रतिशत बढीले राजस्व संकलन भएकोछ।
— नागरीक
FACEBOOK COMMENTS