काठमाडौं, साउन २३ – वीर अस्पतालका एक जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ ।अस्पतालका इन्टरनल मेडिसिन विभागमा कार्यरत पुरुष डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको हो ।
अस्पतालका अनुसार उनमा ज्वरो आउने र पखला लाग्ने समस्या भएको थियो । आज अस्पतालमै गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । अहिले उनलाई अस्पतालकै आइसोलेसन वार्डमा भर्ना गरेर राखिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
अस्पतालमा आएका विरामी र चिकित्सकमा समेत संक्रमण देखिएपछि वीर अस्पतालले केही चिकित्सक तथा नर्सहरुलाई अस्थायी क्वारेन्टिनमा राखेको छ ।
अस्पतालका निर्देशक डा केदार सेन्चुरीले संक्रमणको हुनसक्ने सम्भावित करीब १० जना स्वास्थ्यकर्मीलाई अस्पतालको अस्थायी क्वारेन्टाइनमा राखेको बताए ।
FACEBOOK COMMENTS