काठमाण्डौं– गाडि पानिमा गुडेको हामीले काल्पनीक फिल्ममा देखेका थियो तर सदुद्रमा गुडेको देखेका छैनौ । गाडि अब जमिनमा मात्र होईन समुद्री सतहमा पनि यसको प्रयोग हुने भएको छ ।
हालसालै वैज्ञानिकहरुले एउटा यस्तो कारको विकास गरेका छन् जसको सहयोगले पानीको सतहमा पनि यात्रा गर्न सकिन्छ । वैज्ञानिकहरुले सो कारको नाम बबल्स राखेका छन् ।
बबल्स कार एक सानो आकारको प्रयोगात्मक हाइड्रोफाइल कार हो । यो कार एउटा डुङगा र इलेक्ट्रिक कारको बीचको हाइब्रिड हो । यसमा दुई वटा इलेक्ट्रिक मोटर जडान गरिएको हुन्छ । यसले समुद्रको सतहमा लामो दुरीसम्म तैरिनका लागि सहयोग गर्छ ।
सो कारमा ४ इन्प्लाइन सपोर्ट पनि राखिएको छ । यसले पनि सो कारलाई सतहमा तैरनको लागि मदत गरेको हुन्छ । व्याट्री चार्ज गर्नको लागि सोलार प्यानल र टर्वाइनको मिश्रणको उपयोगबाट विद्युतिय शक्तिको प्रयोग गरिएको छ ।
यो कारको टप स्पिड २५ किलोमिटर प्रतिघण्टा सम्म रहेको छ ।
सन् २०२४ सम्ममा सो कारको सेवामार्फत ५० शहरमा यसको नेटवर्क राख्ने योजना रहेको छ ।
फ्रेन्च स्टार्टअप कम्पनी सी बबल्सले यसको निर्माण गरेको हो ।
FACEBOOK COMMENTS