 
			                  			              
काठमाण्डौँ — रोजगारीका लागि बिदेसिएका नेपालीलाई लक्षित गरी सरकारले जारी गरेको वैदेशिक रोजगार बचतपत्रमध्ये करिब ९५ प्रतिशत बिक्री भएको छैन ।
विगत ९ वर्षमा राष्ट्र बैंकले ११ अर्ब ८ करोड ७९ लाख रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गरिसकेको छ ।
तीमध्ये ५८ करोड ६८ लाख रुपैयाँ बराबरका बचतपक्र मात्र बित्री भएको देखिन्छ ।
बिक्री भएको बचतपत्र कुल जारी रकमको ५.२९ प्रतिशत हो ।
नागरिकलाई बचतपत्रबारे सचेतना नहुनुका साथै बैंकको पहुँचमा पुग्न नसकेकाले अपेक्षित रूपमा बिक्री हुन नसकेको जानकारहरू बताउँछन् ।

— कान्तिपुर

 
              
              
              
              		              
FACEBOOK COMMENTS