काठमाण्डौं– सरकारले वैशाख देखि उपत्यकामा ३ सयवटा बिजुली बस सञ्चालनमा ल्याउने जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बिजुली बस खरिद प्रक्रियाबारे छलफल भइरहेको र वैशाखदेखि सञ्चालनमा ल्याउने जानकारी दिए ।
संसद्को विकास तथा प्रविधि समितिमा सोमबार बोल्दै महासेठले तत्काल ऐन बनाएर यातायात प्राधिकरण स्थापना गरी त्यसमार्फत बिजुली बस सञ्चालन गर्ने बताए ।
सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलअनुसार प्राधिकरण गठन गर्ने तयारी भइरहेको जानकारी उनले दिए ।
— कान्तिपुर
FACEBOOK COMMENTS