काठमाडौं, चैत ३१ – वैशाख ११ गते ऐतिहासिक सम्पदा धरहरा उद्घाटन हुने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार लोकतन्त्र दिवसको अवसर पारेर वैशाख ११ गते धरहरा उद्घाटन गर्न लागिएको हो ।
“धरहराको सबै काम सकिन त केही समय लाग्छ । तर, मुल स्तम्भ निर्माण सकिएकाले लोकतन्त्र दिवसको अवसर पारेर उद्घाटन गर्न लागिएको हो,” राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले भने, “अहिलेसम्मको तयारी अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।”
२२ तला रहेको धरहराको कुल लागत भ्याटसहित ३ अर्ब ४५ करोड रुपैयाँ छ । धरहराको कुल क्षेत्रफल ४२.२ रोपनी रहेको छ ।
धरहराको निर्माण कार्यमा लकडाउन अघि कुल ३५० जनाले काम गरेका थिए । लकडाउनको समयमा २५ जनाको संख्यामा कामदार राखेर निर्माण गरिएको थियो ।
FACEBOOK COMMENTS