काठमाडौं, चैत २८- देशभरका अदालतहरु वैशाख ६ गतेसम्म बन्द रहने भएका छन् । सरकारले लकडाउनको अवधि बढाएपछि आज सर्वोच्च अदालतले एक विज्ञप्ति जारी गर्दै लकडाउन चैत ६ गतेसम्म अदालत बन्द रहने जानकारी दिएको हो ।
सरकारले पहिलो चरणमा चैत १७ गतेसम्म लकडाउन गर्ने निर्णय गर्दा सर्वोच्च अदालतले चैत २१ गतेसम्म देशैभरमा अदालत बन्द गर्ने निर्णय गरेको थियो । तर सरकारले लकडाउनको अवधि थप गरेपछि सर्वोच्च अदालतको पूर्ण वैठकले चैत २८ गतेसम्मका लागि अदालतका नियमित काम कारवाही बन्द गर्ने निर्णय गरेको थियो ।
सरकारले पुन लकडाउन लमब्याएसँगै देशभरका अदालतहरु वैशाख ६ गतेसम्म बन्द रहने विज्ञप्ति सर्वोच्च अदालतले जारी गरेको हो ।
FACEBOOK COMMENTS