नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालले मुलुकमा दुई तिहाई बहुमतको सरकार गठन भएको नौ महिनासम्म पनि मुलुकमा समृद्धिको अनुभुति हुन नसकेको बताएका छन् ।
रिपोटर्स क्लव नेपाल प्रदेश नम्वर ५ दाङले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै विशिष्ट सदस्य ढकालले मुलुक कम्तिमा २० बर्ष अन्यौलको वातावरणमा रह“दा पनि व्यवसायीहरूले कहिल्यै हौसला नगुमाएर मुलुकलाई गतिशिल बनाउन लागिपरेको स्मरण गर्दै पूर्व अध्यक्ष ढकालले अन्यौल र अस्थिरतामा पनि व्यवसायीहरू हतोत्साहित नभएको स्पष्ट पारे
‘लगानीमैत्री वातावरण सरकारले बनाइदिनुप¥यो, त्यसमा हातेमालो गर्न हामी सम्पूर्ण व्यवसायीहरू तयार छौं’—विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालले भने सरकारले व्यवसायीहरूलाई हतोत्साहित होइन, उर्जाशिल बनाउन आवश्यक छ ।
साक्षात्कार कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले दुई तिहाई वहुमतको सरकारबाट व्यवसायीहरूले आर्थिक समृद्धिको धेरै आशा गरेको बताउंदै समृद्धिको न्यानो ताप अझै पाई नसकेको बताए । ‘अझै पनि आशावादी छौं, हतोत्साहि भएका छैनौं, तर राज्यले देखिने खालका अर्थपूर्ण आर्थिक समृद्धिको अभियान चालोस भन्ने शुभ–कामना दिन चाहान्छौं’—प्रधानले भने । साथै उनले समृद्धिको यो अभियानमा दाङका पूर्वपश्चिम र उत्तरदक्षिणमा रहेका धार्मिक धरोहरहरूले आशिर्वाद प्रदान गरून भन्ने कामना पनि गरे ।
महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले दाङमा एग्रो इन्डष्ट्रिजको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै, त्यसको वातावरण बनाइदिन स्थानिय सरकारलाई आग्रह गरे । ‘यहा“ कृषिजन्य उद्योगको भरपुर सम्भावना छ, यद्धपि खुर्सानिदेखि बेसारसम्म पनि उल्लेख्य रूपमा आयात भैरहेको देखिन्छ, यसलाई कृषिजन्य उद्योगले समन्वय गर्न सक्छ’ उनले भने ।
FACEBOOK COMMENTS