काठमाण्डौँ — नेपाल उद्योग वाणिज्य महासंघले ब्याज बृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
महासंघले नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा बैंकिङ्ग क्षेत्रका पदाधिकारीहरूसंग विगत दुई वर्ष देखि बैंक तथा वित्तीय संस्थाहरूबाट एकतर्फी रूपमा ऋणको ब्याज दर अत्याधिक बृद्धि भएकोले उद्योग व्यवसाय क्षेत्रको लागत मुल्य वृद्धिभई संचालनमा कठिनाई भोगिरहेको कुरा बारम्बार ध्यानाकर्षण गराउदै आएको थियो ।
ब्याजदर वृद्धिलाई नियन्त्रण गरी समस्या समाधान गर्ने प्रतिवद्धताका वावजुद पनि चर्को ब्याजदर नियन्त्रण गर्ने तर्फ कुनै प्रगति नहुदा त्यसबाट मुलुकभरका उद्योग व्यवसाय क्षेत्र निकै प्रताडीत हुन पुगेका छन् ।
चर्को व्याजदर वृद्धिका कारणले एकातर्फ निजी क्षेत्रबाट निर्माणाधिन परियोजनाको लागत बृद्धि भएको छ भने अर्कोतर्फ नयां परियोजना ल्याउन नसकिरहेको अवस्था छ ।
यसैबीच, महासंघका सदस्य उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रूपमा राष्ट्र बैंक समक्ष उद्योग व्यवसाय लगायतका क्षेत्रको तत्काल राहतका लागि कार्यक्रम घोषणा गर्नुपर्ने सहित बैकिङ व्याजदर सम्बन्धी २ सुत्रीय माग सहित माग पुरा नभए चरणबद्ध आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेका छन् ।
FACEBOOK COMMENTS