काठमाडौं– सर्वसाधरणले व्यापक आलोचना गरेपछि सवारी साधनमा जोरविजोर प्रणाली खारेज गरेको छ।
गृह मन्त्रालयले शुक्रबार साढे ११ बजेदेखि यो प्रणाली हटाएको घोषणा गरेको छ।
सरकारले समिटका लागि भन्दै मंसिर १३ गतेदेखि १६ गतेसम्म जोर विजोर प्रणाली लगाएको थियो।
विवादित संस्थाले आयोजना गरेको सम्मेलनका लागि जोरविजोर प्रणाली कार्यान्वयनमा ल्याएको भन्दै संचारमाध्यममा आलोचना भएको थियो।