काठमाडौं – बैङ्क तथा वित्तीय संस्थाहरूलाई आगामी शनिवार पनि आफ्ना शाखा तथा काउण्टरका सबै कार्यालय सञ्चालन गर्न नेपाल राष्ट्र बैङ्कले निर्देशन दिएको छ ।
अर्थ मन्त्रालय, राजस्व व्यवस्थापन महाशाखाले आगामी असोज २७ गते राजस्व बुझ्नको लागि अनिवार्य रुपमा बैङ्कका कार्यालय खोल्न अनुरोध गरेकाले राष्ट्र बैङ्कले यस्तो निर्देशन दिएको हो ।
कार्यालय खोलेर राजस्व बुझ्ने व्यवस्था गर्नुका साथै राजस्व जम्मा गर्ने र दाखिलाका चेक क्लियरिङ गर्ने प्रयोजनका लागि राजस्व बुझ्ने बैङ्क तथा वित्तीय संस्थासँगै चेक क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउस लिमिटेड समेत खुला गर्न निर्देशन दिईएको छ ।
FACEBOOK COMMENTS