काठमाडौं, वैशाख ४ – शनिबार नेपालमा ८४३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ५ जनाको मृत्यु भएको छ ।
६,००४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा त्यति संक्रमित थपिएका हुन् । २२६ जना निको भएका छन् ।
कूल संक्रमित संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ । ३,०७५ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा ३० देखि ३९ र २० देखि २९ वर्ष उमेर समूहका सर्वाधिक संक्रमित भएका छन् ।
FACEBOOK COMMENTS