पहिलो स्मार्ट राउटर सार्वजनिक गरेसंगै देशमा फोर्टफोलियो विस्तार
काठमाडौं, ४ साउन —शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आइतबार नेपालमा ‘मी राउटर ४सी’ सार्वजनिक गरेको छ। यो नेपालमा पहिलो स्मार्ट राउटर भएको कम्पनीले बताएको छ। यो स्मार्टफोनमा भएको स्मार्ट मी वाई-फाई एपबाट चलाउन सकिन्छ।
स्थिर सिग्नल प्रवाह गर्न ४ वटा एन्टेनाले जडान गरिएको छ। यसको साथै, ८०२.११ एन वाई-फाई टेक्नोलोजीद्वारा सक्षम मी राउटर ४सी अधिकतम ३०० एमबीपीएस को नेटवर्क गतिसम्म पुग्न सक्दछ। यसमा भएको डुअल कोर सीपीयू र ६४एमबी ठुलो र्यामले ३२ वटा डिभाइससम्म छिटो र स्थिर कनेक्सन सुनिश्चित गर्दछ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने ‘हामी नेपालमा गैर-स्मार्टफोन उत्पादनहरु भित्र्याउन र यसै प्रकृयामा सबैलाई नवीनतम प्रविधि ल्याउँन प्रतिबद्ध छौं। देशमा द्रुर्त वृद्धि भइरहेको इन्टरनेट जनसंख्याका साथ हामीले वर्तमान राउटर बजारमा केही कमी देख्यौं। आकर्षक विशेषता र गेम परिवर्तन गर्ने मुल्यका साथ मी राउटर ४सी ले नेपालको राउटर बजारमा परिवर्तन ल्याउने छ।’
मी राउटर ४सी रु २ हजार ३ सय ९९ मुल्यमासबै मी प्रिफर्ड् पार्टनरहरु, मी अफलाइन स्टोर, रिटेल पार्टनर र अनलाइन पार्टनर सस्तोडिलमा खरिदका लागि उपलब्ध हुनेछ ।
FACEBOOK COMMENTS