मिड रेन्जको फोनमा अग्रणि मानिएको चिनियाँ कम्पनी साओमीले मंगलबार एमआई ए सिरिजमा ए टू र ए टू लाइट विश्व बजारमा सार्वजनिक गरेको छ । एन्ड्रोइड वन अपरेटिङ सिस्टममा आधारित एमआइ एवानको दोस्रो भर्सनको रुपमा दुवै फोनलाई स्पेनमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।
दुवै फोन एन्ड्रोयड ८.१ ओरियो अपरेटिङ सिस्टममा चल्नेछन् । एमआई ए टूमा ५.९९ इन्चको फूलएचडी प्लस १८ः९ अस्पेक्ट रेसियो डिस्प्ले रहेको छ । डिस्प्लेलाई गोरिल्ला ग्लास ५ द्वारा सुरक्षित बनाईएको छ ।
यो फोन क्वालकम स्न्यापड्रागन ६६० अक्टा कोर प्रोसेसरमा आधारित रहेको छ । फोनमा २० मेगापिक्सेलको प्राइमरी सेन्सर तथा १२ मेगापिक्सेलको सेकेण्डरी सेन्सर भएका फोनमा ड्यूल रियर क्यामरा छन् ।
फेस अनलक फीचर समेत राखिएको फोनमा सेल्फीका लागि एआई सिन डिटेक्शनका साथमा २० मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । यसको ब्याट्रि ३,०१० एमएएचको छ भने क्विक र्चा ३।० सपोर्ट यसको अर्को विशेषता हो ।
सँगै सार्वजनिक गरिएको शाओमी एमआई ए २ ५.८४ इन्चको फुल एचडी प्लस नच डिस्प्ले रहेको छ भने क्वालकम स्न्यापड्रागन ६२५ चीपसेट जडिट छ । लाइट भर्सनमा १२ प्लस ५ मेगापिक्सेलको ड्यूल रियर क्यामरा, ५ मेगापिक्सेलको सेल्फी क्यामरा छ । यसमा ४,००० एमएएचको ब्याट्री राखिएको छ ।
एआइ एवान सम्भवतः मिड रेन्जमा डिउल क्यामरा जडित सबैभन्दा सस्तो मूल्यको फोन हो भने यसैमा विकसित भर्सनका रुपमा आएका दुबै फोनले पनि मिडरेन्जमा लिड गर्ने दाबी कम्पनीको छ ।
६ जीबी ¥याम १२८ जीबी स्टोरेजको मूल्य ३५० यूरो तोकिएको छ । शाओमी एमआई ए २ लाइट भर्सनमा ३ जीबी ¥याम ३२ जीबी स्टोरेजको मूल्य १८० यूरो छ भने ४ जीबी ६४ जीबी स्टोरेजको मूल्य २३० यूरो तोकिएको छ विश्वका ४० मुलुकहरुमा यो फोन सार्वजनिक गर्दैछ, जसमध्ये एशियामा नेपाल सहित १५ मुलुकमा उपलब्ध हुनेछ ।
नेपालमा शाओमी फोन वत्सल र टेलीटकले आयात तथा बिक्री गर्दै आएका छन् । नेपालमा कति मूल्य पर्नेछ भन्ने भने सार्वजनिक गरिएको छैन ।
FACEBOOK COMMENTS