काठमाडौं, माघ ५ – दिग्गज शास्त्रीय संगीत गुरु उस्ताद गुलाम मुस्तफा खानको ८९ वर्षको उमेरमा निधन भएको छ ।
शास्त्रीय संगीतकार खानलाई सन् २०१९ मा ब्रेन स्ट्रोक भएको थियो, त्यसबेलादेखि उनी चिकित्सकको रेखदेखमा थिए । उनका लागि मुम्बईको कार्टर रोडस्थित उनकै घरमा आईसीयूको व्यवस्था गरिएको थियो । ब्रेन स्ट्रोक भएदेखि नै उनको आधा शरीर पक्षाघात भएको थियो भने उनी बोल्न पनि नसक्ने भएका थिए ।
शास्त्रीय संगीतका गुरु उस्ताद गुलाम मुस्तफा खानलाई सन् १९९१ मा पद्मश्री (१९९१), पद्म भूषण (२००६) र २०१८ मा पद्म विभूषण अर्वाडबाट सम्मानित गरिएको थियो । साथै सन् २००३ मा उनलाई संगीत नाटक एकेडेमी पुरस्कारबाट पनि सम्मानित गरिएको थियो ।
FACEBOOK COMMENTS