काठमाडौं, कात्तिक १६ – झापा जिल्लाको गौरिगन्ज गाँउपालिका स्थित खजुरगाछी माविका शिक्षकलाई कोरोना संक्रमण पुष्टि भए पश्चात् पालिकाले त्यहा स्थित सम्पुर्ण विद्यालयहरु बन्द गर्न आइतबार एक सूचना जारी गरेको छ ।
गौरीगञ्ज गाउँपालिका वडा नँ ६ स्थित खजुरगाछी माविका एक शिक्षकलाई कोरोना संक्रमण पुष्टी भएको हो । कोरोनासंक्रमणका लक्षणहरु देखिएपछि स्वाब परीक्षण गराउदा उनको रिपोर्ट पोजेटिभ आएको विद्यालयका प्रधानाध्यापक गहेन्द्र बिक्रम साहले जनाएका छन् ।
FACEBOOK COMMENTS