काठमाडौँ, असोज ३० – शिवम् सिमेन्टले कात्तिक २४ गते ५ औ वार्षिक साधारणसभा डाकेको छ। कम्पनीको सञ्चालक समितिले असाेज २८ मा २४.२१ प्रतिशत लाभांस घोषणा गरेको थियो। उक्त लाभांस कात्तिक १२ गतेसम्म कायम शेयरधनीले प्राप्त गर्न सक्ने छन्।
कम्पनीले साधारणसभा प्रयोजनका लागि कात्तिक १३ गते बुक क्लोज गर्ने भएको छ। कात्तिक १२ गतेसम्म शेयर खरिद गर्नले साधारणसभामा भाग लिन पाउनुका साथै नगद लाभांस प्राप्त गर्न सक्ने छन्।