काठमाडौं– शिवम् सिमेन्टले उद्योग प्रभावित क्षेत्रको लागि साउन १३ गतेदेखि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ।
कम्पनीले प्रतिशेयर ३०० रुपैयाँको दरमा ८ लाख ८० हजार कित्ता आइपिओ निष्काशन गर्ने भएको हो।
स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।
प्रतिसाधारण शेयर एक सय रुपैयाँमा थप २०० रुपैयाँ प्रिमियमसहित ३०० रुपैयाँमा भदौ ११ गतेसम्म मकवानपुर जिल्लाका वासिन्दा शेयर भर्न पाउने छन्।
कम्पनीको स्थीर सम्पती ४ अर्ब १९ करोड रुपैयाँलार्इ आधार मान्दा उद्योगको साधारण लगानी अवको २ वर्ष ६ महिनामा फिर्ता हुने अनुमान गरिएको छ।
कम्पनीको संस्थापक शेयर पूँजी ८८ प्रतिशत अर्थात तीन अर्ब ८७ करोड रुपैयाँ रहेको छ भने बाँकी सर्वसाधारण तर्फको १२ प्रतिशत अर्थात ५२ करोड ८० लाख रुपैयाँ सहित जम्मा पूँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ।
FACEBOOK COMMENTS