काठमाडौं– शिवम् सिमेन्टले प्रभावित सहित सर्वसाधारणको लागि फागुन ११ गतेदेखि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ।
कम्पनीले यस अगाडि निर्धारण गरेको प्रिमियम मूल्य घटाएर शेयर निष्काशन गर्ने भएको हो।
कम्पनीले प्रभावित क्षेत्रका लागि प्रतिशेयर १०० रुपैयाँमा १०० रुपैयाँ प्रिमियम सहित २०० रुपैयाँ र सर्वसाधारणको लागि प्रतिशेयर १०० रुपैयाँमा २०० रुपैयाँ प्रिमियम सहित ३०० रुपैयाँमा शेयर निष्काशन गर्ने अनुमति पाएको छ।
यसअघि प्रभावित क्षेत्रमा निष्काशन गर्दा पूर्ण आवेदन नपरेपछि प्रिमियम मूल्य घटाएर शेयर निष्काशन गर्न लागिएको हो।
प्रभावित क्षेत्रका वासिन्दाले यस अगाडि प्रतिशेयर ३०० रुपैयाँमा दुई लाख दुई हजार ४१० कित्ता शेयर खरिद गरेका थिए। तीन सय रुपैयाँमा शेयर खरिद गरेकालाई कम्पनीले थप शेयर दिने भएको छ।
साथै प्रभावित क्षेत्रका बासिन्दाले पनि पुनः सर्वसाधारणलाई छुट्टाइएको समयमा शेयर खरिद गर्ने व्यवस्था मिलाइएको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।
FACEBOOK COMMENTS