काठमाडौं– प्राथमिक शेयर निष्कासन गरेको शिवम् सिमेन्टले १५.७८ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको छ।
सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ४ अर्ब ४० करोड रुपैयाँका लागि नै नगद लाभांस दिने घोषणा गरेको हो।
अघिल्लो साताको मंगलबार सूचिकृत भएको कम्पनीले ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ नगद लाभांस दिने भएको हो।
कम्पनीले गत फागुन १४ गतेदेखि सर्वसाधारणको लागि प्रति कित्ता ३०० रुपैयाँको दरमा प्राथमिक शेयर निष्काशन गरेको थियो।
कम्पनीले प्रभावित र सर्वसाधारण सहित ४६ लाख ९९ हजार ६४० कित्ता प्राथमिक शेयर निष्काशन गरेको थियो।
