काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि द्वारा प्रवद्र्धित अशोक लेलैण्डले कपिलबस्तुस्थित शिवराज नगरपालिकालाई बारुणयन्त्र (दमकल) हस्तान्तरण गरेको छ ।
ऊक्त दमकल नेशनल फायर सेफ र आइएमई मोटर्सको संयुक्त प्रयासमा नगरपालिकालाई हस्तान्तरण गरिएको हो । शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीलाई उक्त बारुणयन्त्र आइएमई मोटर्स प्रा।लिका कर्पोरेट सेल्स प्रमुख सुशिल राणा थापाले हस्तान्तरण गर्नुभएको थियो ।
हस्तान्तरण कार्यक्रममा नगर प्रमुख अधिकारीले दमकल आफ्नो नगरपालिकामा पहिलो पटक खरिद गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउँदै आगलागिका घटनामा नगरवासीको जीऊधनको रक्षा गर्न र क्षतिको रोकथामको लागि दमकल उपयोगी साबित हुने विश्वास लिएको बताउनुभयो ।
अशोक लेलैण्ड को १२१२ इकमेट मोडलको च्यासिसमा बनाईएको दमकलमा ४ हजार लिटर पानी अट्ने क्षमता रहनुका साथै दमकलमा ५०० लिटर फोम भर्न सकिन्छ ।
केही महिना अगाडि अशोक लेलैण्डको दमकल नेपालका बिभिन्न नगरपालिका जस्तै पुर्वको उर्लाबारी, लेटाङ, इनरुवा नगरपालिकाहरु, इटहरी उप-महानगरपालिका, बर्दियाको बाँसगढी नगरपालिका, काठमाडौंको चन्द्रागिरी नगरपालिका, नेपाल आयल निगम लिमिटेड साथै हालै प्रदेश-२ को आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई हस्तान्तरण गरिएको थापाले बताउनुभयो ।
FACEBOOK COMMENTS