काठमाण्डौँ — शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले सहकारी आवास परियोजना अघि बढाउने भएको छ।
संस्थाको शनिबार सम्पन्न आठौँ वार्षिक साधारणसभाले आवास, कृषि र उर्जामा लगानी गर्ने निर्णय गरेको हो।
संस्थाले सहकारीको मोडेलमा आवास निर्माण गरेर सदस्यलाई आवास सुविधा उपलब्ध गराउने तयारी गरेको सचिव तथा कार्यकारी प्रमुख नरेन्द्र विष्टले जनाए।
साधारण सभामा संस्थाको शेयर पुँजी १६ करोड ५६ लाख रहेको अध्यक्ष निरहरी प्रसाद उपाध्ययले जानकारी दिए।
संस्थाले एक अर्ब सात लाख ३० हजार रुपैयाँ निक्षेप संकलनगरी एक अर्ब १२ करोड कर्जा लगानी गरेको छ।

— अन्नपुर्ण
