काठमाडौं, १० वैशाख – शुक्रबार देशभर कोरोना भाइरसका २ हजार ५५९ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै ९४० जना थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७६० जना, ललितपुरमा १०६ जना र भक्तपुरमा ७४ संक्रमित थपिएका हुन् । योसहित राजधानी समेत रहेको बागमती प्रदेशमा शुक्रबार १०५३ जना संक्रमित थपिएका छन् ।
शुक्रबार काभ्रेपलाञ्चोकमा २२, चितवनमा २७, दोलखामा ७, धादिङमा ८, नुवाकोटमा १२, मकवानपुरमा ३०, रसुवामा १, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा ४ जना संक्रमित थपिएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा २३ लाख ८८ हजार २०० जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १४ हजार ७२४ जना आइसोलेसन र ७५ जना क्वारेन्टिनमा छन् ।
FACEBOOK COMMENTS