काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको १३ औं कार्यसमिति बैठकले कात्तिक २९ गते विशेष साधरणसभा बोलाउने निर्णय गरेको छ । कार्यसमिति बैठकले विधान संसोधन लगायतका मुद्दा संबोधन गर्नको लागि विशेष साधरणसभा बोलाउने निर्णय गरेको हो ।
तर महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका र शेखर गोल्छा भने विशेष साधरण सभाको विपक्षमा छन् । कार्यसमितिको वैठकमा नोट अफ डिसेन्ट नलेखे पनि उनिहरु विशेष साधरण सभा आवश्यक नभएको बताएका छन् । विधान संशोधन गरी शेखर गोल्छालाई अध्यक्ष बन्न नदिनको लागि विशेष साधरण सभा बोलाउन लागिएको भन्दै उनीहरु विपक्षमा उभिएका हुन् ।
माहासंघ भित्र शेखर गोल्छा अध्यक्ष भए व्यवसायीको हितको लागि कुनै काम गर्न नसक्ने निकर्ष निकालिएको छ । विशेषगरी जिल्ला सदस्यहरुले शेखर गोल्छालाई अध्यक्ष मान्न आफुहरु तयार नभएको बताउँदै आएका छन् । उनीहरुले भवानी राणालाई विधान संशोधन गरी अध्यक्षको चुनाव प्रत्यक्ष हुनुपर्ने दवाव दिदै आएका छन् ।
अहिलेको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुुने प्रवधान रहेको छ । शेखर गोल्छा पक्ष अल्पमतमा पर्ने हुनाले विशेषसाधरण सभाको विपक्षमा छन् । तर महासंघका सदस्यहरु गोल्छा समुह किन विशेषसाधरण सभाबाट भाग्न खोजेको भन्दै प्रश्न गरेका छन् ।
विशेष साधारण सभामा विधान संसोधनको सहमति नभए भोटिङ हुने भन्दै गोल्छा समुह भाग्न नहुने सदस्यहरुको भनाई छ । विशेष साधारण सभामा विधान संशोधन गर्ने पक्षमा उपाध्यक्ष उमेशलाल श्रेष्ठ, किशोर प्रधान खुलेर लागेका छन् भने चन्द्रप्रसाद ढकाल मौन समर्थनमा छन् ।
अध्यक्ष भवानी राणा र पूर्व अध्यक्ष चण्डीराज ढकालले पनि गोल्छा महासंघको अध्यक्ष भए व्यवसायीको हकहितको काम गर्न नसक्ने आकलन गरेका छन् । त्यसैले उनीहरुले विशेष साधरण सभा डाकेका हुन् ।
FACEBOOK COMMENTS