काठमाडौं । अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएको कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
आज आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले विश्वासको मत पाउन राखेको प्रस्तावको पक्षमा मतदान हुँदा उपस्थित २४९ सांसदमध्ये १६५ जनाको मत प्राप्त गरेका हुन् ।
उनको प्रस्तावको विपक्षमा ८३ मत प्राप्त भएको छ । तटस्थ १ जना बसेका छन् ।
प्रधानमन्त्री देउवाको पक्षमा काँग्रेससहित माओवादी केन्द्र, जसपाका दुवै पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले मतदान गरेका थिए । त्यस्तै प्रस्तावको विपक्षमा एमालेका सांसदले मतदान गरेका थिए ।
FACEBOOK COMMENTS