काठमाण्डौँ — श्रम तथा रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पुनः श्रम स्वीकृति पोखराबाट पनि दिन थालेको छ ।
काठमाडौं केन्द्रित पुनः श्रम स्वीकृतिलाई प्रदेशबाटै दिने सरकारको नीति अनुसार गण्डकी प्रदेशको राजधानी पोखराबाट सेवा सुरु गरिएको हो ।
विभागले पुस १५ देखि २ नम्बर प्रदेशको जनकपुर र ५ नम्बर प्रदेशको बुटवलबाट यस्तो सेवा सुरु गरिसकेको छ ।
श्रम तथा रोजगार कार्यालय कास्कीका प्रमुख गणेशप्रसाद श्रेष्ठले हाललाई वैदेशिक रोजगारीमा जानेलाई पुनस् श्रम स्वीकृति दिने काम मात्रै हुने बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS