काठमाण्डौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र नेपालस्थित अन्तर्रािष्ट्रय श्रम संगठनका देशिय निर्देशक रिचार्ड हवार्डबीच भेट भएको छ ।
महासंघ सचिवालयमा भएको भेटवार्तामा महासंघ र आइएलओ नेपाल कार्यालय बीच श्रम वजार सुधार र रोजगारदाताको क्षमता अभिवृद्धि Employers’ Capacity Building to strengthen labour Market Governence for Industrial Relation in Nepal सम्बन्धी परियोजना कार्यक्रम सञ्चालन गर्ने संझौता पत्रमा हस्ताक्षर समेत भएको छ ।
संझौता अनुसार महासंघ रोजगारदाता परिषदद्वारा संचालन गरिने परियोजना कार्यक्रम अन्र्तगत महासंघका सातवटै प्रदेश च्याप्टरहरूको क्षमता विस्तार, नयाँ श्रम ऐन तथा सामाजिक सुरक्षा ऐन, सामाजिक संवाद लगायतका विषयमा चेतना अभिवृद्धि गरी औद्योगिक सम्बन्धको सुधारमा केन्द्रीत रहनेछन ।
सो अवसरमा महासंघ र आइएलओ बीचको सहकार्य, नेपालको पछिल्लो आर्थिक वस्तुस्थिति, रोजगारी, औद्योगिक श्रम सम्बन्ध, सामाजिक सुरक्षा तथा श्रम ऐन लगायत विषयमा समेत विस्तृत छलफल भयो ।
FACEBOOK COMMENTS