काठमाण्डौँ — पशुपति विकास कोषले श्लेष्मान्तक वनमा राखेको कंक्रिट सम्पदा संरक्षण अभियन्ताले आइतबार भत्काएका छन् ।
सर्वोच्च अदालतको आदेश, पुरातत्व विभागको निर्देशनविपरीत कंक्रिटको बाटो बनाएको भन्दै अभियन्ताले भत्काएका हुन् ।
सम्पदा रोक्न श्लेष्मान्तक पुगेका ६ अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्पदा बचाउ अभियान संघर्ष समिति संयोजक गणपतिलाल श्रेष्ठ, अभियन्ता सञ्जय अधिकारी, लालिमा श्रेष्ठ, सुनिता गौतम, अर्जुन राना, पूर्णविक्रम खाणलाई महानगरीय प्रहरी प्रभाग गौशालामा राखिएको छ ।
कंक्रिट भत्काउनुअघि अभियन्ताले कोषको कार्यालयमा ज्ञापन बुझाएका थिए ।
अभियन्ता आउने थाहा पाएपछि कोषका सदस्य सचिव प्रदीप ढकाल, कोषाध्यक्ष
पशुपति क्षेत्रको वनसम्पदा श्लेषमान्तकमा परिपथ बनजाउने भन्दै तीन महिना पहिला कंक्रिट राख्न लागेपछि तीव्र विरोध भएको थियो ।
सम्पदा संरक्षण अभियन्ता, संस्कृतिविद्, प्रकृतिविद्, संरक्षविद्का तीव्र विरोधपछि कोषले कंक्रिट बिछ्याउने काम रोकेको थियो ।
फेरि कंक्रिट राखेरै काम सुरु गरेपछि त्यसलाई रोक्न माग गर्दै अभियन्ता श्लेष्मान्तक पुगेका थिए ।
— कान्तिपुर
FACEBOOK COMMENTS