काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीति र राज्य प्रणालीमा संकट र अन्यौलको अवस्था देखा परेको बताएका छन् ।
बुधबार एक वक्तव्य जारी गर्दै शाहले परिवर्तन र अग्रगमनका चर्का नारा घन्काउनेले जनताको ठोस सुख सुविधामा ध्यान नदिएको पनि बताएका छन् । उनको ईसरा कोरोनाका काराण अवस्ता जटील बनेपनि सरकार र राजनीति दल सत्ताकै लागि लडिरहेको छ भन्ने तर्फ देखिन्छ ।
उनले भनेका छन् ‘राजनीति, राज्य प्रणाली एवम् राजकाजको प्रवन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्यौलको अवस्थामा देखा परेको छ । परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रुपान्तरण गरेपनि जनताले ठोस सुख सुविधा नपाइरहेको बुझिएको छ,’ ।
पूर्वराजा शाहले अप्रत्यक्ष रुपमा राजनीतिक दलका नेताको आलोचना गर्दै भनेका छन्, ‘आफ्ना मूल्य, मान्यता तथा अस्तित्वलाई समाप्त पार्ने, तर सही सिर्जना र सार दिन नसक्ने, आज नेपाली जनताको मन अशान्त रहेको छ ।’
केही समय अगाडि कोरोना भाइरस संक्रमणपछि लामो समय अस्पताल बसेका पूर्वराजा शाहले अहिले आफ्नो स्वास्थ्यमा सुधार आउँदै गएको पनि बताएका छन् ।
तर, कोभिड १९ को महामारी र वर्षाजन्य विपत्का कारण जनजीवन दुःखद् अवस्थामा रहेको भन्दै आफ्नो जन्मदिनलाई उत्सवका रुपमा नमनाउने निर्णय गरेको पूर्वराजा शाहले जानकारी दिएका छन्।
FACEBOOK COMMENTS