काठमाडौं, फागुन २४ – सरकारले झन्डै ५० वर्ष पुरानो शिक्षा ऐन फेर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले संघीय शिक्षा ऐन ल्याउने तयारी थालेको बताएका छन् ।
२०२८ सालको शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखिएको सबै विषय समेट्न नसकेको उल्लेख गर्दै सबै विषय समेट्नेगरी संघीय शिक्षा ऐनको तयारी भैरहेको बताएका हुन् । उनले जनताका छोराछोरीलाई सरकारी विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न गुणस्तरीय शिक्षा आवश्यक रहेको उल्लेख गर्दै त्यसको लागि सरकारी विद्यालयको सुधार आवश्यक रहेको बताए ।
चन्द्रागिरी नगरपालिका–१५ नैकापमा निर्माण हुन लागेको विष्णुदेवी माविको मन्त्री श्रेष्ठ र भारतीय दुतावासका काउन्सीलर प्रफुल्लचन्द्र शर्माले संयुक्त रुपमा गरे । सो क्रममा मन्त्री श्रेष्ठले सरकारको पहिलो प्राथमिकता गुणस्तरीय शिक्षा नै भएको स्पष्ट पारे ।
यो अवसरमा उनले शिक्षकको पद र पेशालाई सम्मान गर्ने दायीत्व सरकारको भएको बताए । उनले अभिभावकले विदेशमा सरकारी विद्यालयलाई पहिलो प्राथमिकता दिने गरेको उल्लेख गर्दै अब नेपालमा पनि सरकारी विद्यालयलाई व्यवस्थित बनाउनुपर्ने बताए ।
FACEBOOK COMMENTS