काठमाडौं, कात्तिक ४- संयुक्त बल्खु सुमो पार्क समिति सञ्चालनमा आएको छ । काठमाडौंको बल्खु स्थित नेपाल प्रध्यापक संघको जग्गालाई समितिले लिजमा लिई पार्क सञ्चालनमा ल्याएसँगै करिब ४० वटा व्यवसायिक समितिहरुका ७ सय भन्दा बढि गाडीहरु अब एउटै समितिबाट चल्ने भएको हो ।पार्कको उद्घाटन शनिबार बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयाल गरे। उद्घाटन कार्यक्रमा मन्त्री फुँयालले छरिएर रहेका व्यवसायिक समितिहरुलाई एकिकृत गरी सञ्चालन गर्नु सहरानीय काम भएको बताए ।
सरकारले भौतिक पूर्वाधारलाई विकासको मुख्य लक्ष्य बनाएर काम गरेको बताउनुभयो। उहाँले विस.२०७२ सालको भूकम्पले क्षेती पुर्याएका पुरातात्विक भवन तथा संरचनाको निर्माण तिब्र रुपमा भईरहेको बताउँदै पुरातात्विक महत्व बोकेको रानीपोखरी सञ्चालनमा आईसकेको खुलासा गरे । सडक निमार्ण र व्यवस्थित बनाउन सरकार प्रतिवद्ध भएको बताउदै उनले व्यवसायीहरुलाई मर्यादीत भई व्यवसाय सञ्चान गर्न आग्रह पनि गरे ।
उनले मन्त्रालय व्यवसायीको पिर मर्काप्रति चिन्तित भएको बताए ।यात्रु, व्यवसायी र मजदुरलाई समेत व्यवस्थित र मर्यादीत बनाउने उदेश्यले अधिकांश समितिहरुलाई समेटी पार्क सञ्चालनमा ल्याइएको जानकारी दिंदै संयुक्त बल्खु सुमो पार्क सञ्चालन समितिका अध्यक्ष दिपेन्द्र कार्कीले पार्क सञ्चालनबाट नेपाल सरकारले तोकिएको भाडादर भन्दा बढि लिने, यात्रु ठगिने र गन्तव्यसम्म पुग्न असुरक्षीत हुनुपर्ने अवस्थाको अन्त भएको बताए ।
कार्यक्रममा पार्क निर्माणका समन्वयकर्ता तथा श्री कुमारी क्लब, बल्खुका पूर्व अध्यक्ष मोहन बस्नेतले अव्यवस्थित र अस्वस्थ्य प्रतिष्पर्धाको रुपमा सञ्चालित यातायातका समितिहरुलाई एकिकृत गरि एउटै समिति मार्फत सञ्चालनमा ल्याउँदा व्यवसायी, मजदुर र यात्रु तीनै पक्षलाई फाइदा हुने बताए । यसले गर्दा व्यवसायीको लगानी सुरक्षीत हुने, मजदुरको रोजीरोटीको ग्यारेन्टि हुने, याुत्रले असुरक्षीत र ठगीएको महसुस गर्नु पर्ने प्रवृतिको अन्त्य भएको कुरा राखे । उनले पार्कलाई नमुनाको रुपमा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त समेत गरे ।
कार्यक्रमका सभापति तथा समितिका वरिष्ठ सल्लाहकार गुञ्जनमान सिंह बस्नेतले विभिन्न रुपमा छहरीएर रहेका समितिहरुलाई एकिकृत गरि सञ्चालनमा ल्याउनु आफैंमा चुनौति रहेको बताउँदै समितिले आगामी दिनमा व्यवसायी, यात्रु र मजदुर तीनै पक्षलाई मर्यादित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।पार्कमा टिकट काउण्टर, यात्रु बस्ने स्थान तथा प्रतिक्षलय, महानगरीय प्रहारी प्रभाग, बल्खुको कार्यालयलगायतका भौतिक संरचनाहरु निर्माण गरिएको छ । सो कार्यको समन्वय समाजसेवी मोहन बस्नेतले गरेका थिए।
FACEBOOK COMMENTS