काठमाडौं, मंसिर ११ – नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल संयुक्त राष्ट्र संघको इन्टरेनट गभर्नेन्स फोरम (आईजीएफंको मल्टिस्टेक होल्डर एडभाइजरी ग्रुप (म्याग) को सदस्यमा पुनः नियुक्त भएका छन् । उनलाई संयुक्त राष्ट्र संघका महासचिवले सन् २०२० को लागी सदस्यमा नियुक्त गरेका हुन् ।
आईजीएफ संयुक्त राष्ट्र संघको सूचना प्रविधिसम्बन्धी हेर्ने निकाय हो । आईजीएफले इन्टरनेट प्राविधिक, व्यावसायिक, सामाजिक प्रशासनिक विकासको सम्बन्धमा सरोकारवाला निकायसँग छलफल गरी इन्टरनेट विकास र प्रवर्द्धनका तथा साइबर सेक्युरिटीलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
यसअघि खनाल विश्व दूरसञ्चार संघको स्टडी ग्रुपको उपाध्यक्षमा दुई कार्यकाल निर्वाचित भएका थिए ।यसअघि आईजिएफले खनाललाई सन् २०१९ को सदस्यमा पहिलो पटक नियुक्त गरेको थियो । उनी म्यागको सदस्यता प्राप्त गर्ने पहिलो र एकमात्र नेपाली हुन् ।
FACEBOOK COMMENTS