काठमाडौं, पुस २३ – राष्ट्रियसभा सदस्य गंगा बेलबासेले प्रतिनिधिसभा विघटन गरेर संविधानमाथि ‘कू’ भएको बताएकी छन् ।
सत्तारुढ दल नेकपाका तर्फबाट राष्ट्रियसभा सदस्य रहेकी उनले भनिन्, “संविधानमाथि ‘कू’ भएको छ । संविधान च्यातिएको छ । नेपाली जनताको रगत-पसिनामाथि खेलबाड गरिएको छ ।”
त्यस्तै, उनले यो संविधान साना दु:खले नआएको भन्दै प्रतिनिधिसभा विघटन गरेर संविधान च्यात्ने काम भएको उनको आरोप थियो । संविधानमा एक ठाउँमा रहेको विघटन भन्ने शब्दलाई हेरेर विघटन भएको भन्दै उनले आपत्ति जनाइन् ।
राष्ट्रियसभा सदस्य भएलगत्तै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानबारे जानकारी दिँदै प्रतिनिधिसभा विघटनको व्यवस्थाबारे प्रशिक्षण दिएको स्मरण पनि गरिन् । उनले समृद्ध नेपाल बनाउने भन्दै जनतासँग मत मागेको तर त्यसतर्फ सरकारले काम नगरेको भन्दै उनले मत दिने नेपाली जनतासँग माफी पनि मागिन् । “हामीले संविधानअनुकूल काम गर्न सकेनौं । गल्ती कमजोरीहरु गर्यौं,” उनले भनिन् ।
FACEBOOK COMMENTS