काठमाडौं– संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर जबराको नाम सिफारिस गरेको छ ।
परिषद्को बिहीबार बसेको बैठकले सर्वोच्चका वरिष्ठ न्यायाधीश जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि जबरासँगै दीपकराज जोशीको नाम सिफारिस गरेको थियो ।
तर, दीपकराज जोशीको नाम यसअघि नै संसदीय समितिबाट अस्वीकृत भएको कैफियत उल्लेख थियो ।
FACEBOOK COMMENTS