काठमाण्डौँ — राजधानीमा घर हुँदाहुँदै संसद् सचिवालयबाट भाडा बुझेका सांसदले रकम फिर्ता गर्न थालेका छन् ।
बुधबारसम्म १२ जनाले घर भाडा फिर्ता गरेका छन् ।
संसद् सचिवालयका अनुसार बुधबार भाडा फर्काउनेमा नेकपाका पम्फा भुसाल, पार्वत गुरुङ, दलबहादुर राना छन् ।
काठमाडौंमा घर हुने सांसदले भाडा लिएको समाचार आएपछि कांग्रेसका नारायण खड्का, कर्मा घले, उमेश श्रेष्ठ, बहादुरसिंह तामाङ, भीमसेनदास प्रधान, दिव्यमणि राजभण्डारीले यसअघि नै फिर्ता गरिसकेका छन् ।
नेकपाका यज्ञबहादुर सुनुवार, योगेश भट्टराई र कांग्रेसका अमरेशकुमार सिंहले आफूले लिएको भाडा तलबबाट कट्टा गर्न सचिवालयलाई पत्र बुझाएका छन् ।
उनीहरू सबैले सचिवालयको गल्तीले घर भाडा आफ्नो बैंक खातामा आएको दाबी गरेका छन् ।
विवरण अध्ययन गर्दा काठमाडौंमा घर भएका ३० सांसदले घर भाडा लिने गरेको पाइएको थियो ।
सचिवालयले काठमाडौंमा घर हुने सांसदलाई मर्मत खर्चबापत ९ हजार र घर नहुनेलाई १८ हजार भाडा उपलब्ध गराउँदै आएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS